पशुपन्छी उपचारका लागि आवश्यक औषधी,सप्लिमेन्ट तथा उपकरण आपूर्ति सम्बन्धी दरभाउपत्र आह्वानको सूचना।
पशुपन्छी उपचारका लागि आवश्यक औषधी,सप्लिमेन्ट तथा उपकरण आपूर्ति सम्बन्धी दरभाउपत्र आह्वानको सूचना
(सूचना प्रकाशन मिति: २०८३/०८/०२)
यस कालिका नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशुपन्छी उपचारका लागि आवश्यक औषधी, सप्लिमेन्ट तथा उपकरण खरिद गर्नुपर्ने भएकोले इजाजतपत्र प्राप्त दर्तावाल फर्म, कम्पनी वा आपूर्तिकर्ताहरूबाट निम्न प्राविधिक स्पेसिफिकेशन (Specification) र सर्तहरूको अधीनमा रही पत्रको मितिले १५(पन्ध्र) दिन (मिति २०८३/०८/१६ गते) कार्यालय समय भित्र यसै साथ सम्लग्न रहेको BOQ फर्मेटमा दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशन गरिएको छ ।
यस सम्बन्धी आवश्यक BOQ तथा अन्य थप जानकारीका लागि कालिका नगरपालिकाको Website: kalikamunchitwan.gov.np अथवा पशु सेवा शाखामा सम्पर्क राख्नुहुन जानकारी गरिन्छ ।
पेस गर्नुपर्ने आवश्यक कागजातहरू
- फर्म/कम्पनी दर्ता /नवीकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- स्थायी लेखा नम्बर (PAN/VAT) दर्ता प्रमाणपत्र
- आ.व.२०८२/०८३ को कर चुक्ता प्रमाणपत्र वा म्याद थपको प्रमाण
- औषधि व्यवस्था बिभाग बाट प्राप्त इजाजतपत्र
मुख्य शर्त तथा प्रक्रियाहरू
- दरभाउपत्र पेस गर्ने स्थान: कालिका नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (पशु सेवा शाखा), चितवन ।
- प्याकिङ र ढुवानी: आपूर्ति गरिने औषधि, सप्लिमेन्ट तथा उपकरणहरु गुणस्तरीय तथा राम्रोसँग प्याकिङ गरी नगरपालिकाले तोकेको समय र गोदामसम्म आपूर्तिकर्ता स्वयंले पुर्याउनु पर्नेछ ।
- औषधि तथा सप्लिमेन्टहरुको Expiry Date आपुर्ति मिति बाट कम्तिमा १८ महिना बाँकी भएको हुनुपर्ने छ ।
- अधिकार: रीत नपुगेका वा म्याद नाघी आएका दरभाउपत्रउपर कुनै कारबाही गरिने छैन । दरभाउपत्र पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार कालिका नगरपालिकामा निहित रहनेछ ।
थप जानकारीका लागि सम्पर्क नं. ९८४६५९३५१७ र ९८५५०५३९६०