समृद्ध कालिका

सुखी कालिकावासी

header AD

नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा आएको जानकारी सम्बन्धमा।

बिषयः नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा आएको जानकारी सम्बन्धमा।

उपरोक्त सम्बन्धमा यस कालिका नगरपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी, प्रविधिमैत्री र सूचनामा आम नागरिकको सहज पहुँच पुऱ्याउने उद्देश्यले नगरपालिकाको पुरानो वेबसाइट (www.kalikamun.gov.np) लाई अद्यावधिक तथा म्यापिङ (Mapping) गरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सूचना प्रविधि शाखा, सिंहदरबार, काठमाडौँबाट “सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (GIWMS)” मार्फत उपलब्ध भएको नयाँ आधिकारिक वेबसाइट www.kalikamunchitwan.gov.np सञ्चालनमा ल्याइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

अब उप्रान्त नगरपालिकाका सम्पूर्ण सूचना, जानकारी तथा गतिबिधिहरु नयाँ वेबसाइट kalikamunchitwan.gov.np मार्फत उपलब्ध हुनेछन्। पुरानो वेबसाइटमा रहेका अभिलेखहरू आवश्यक परेमा सूचना प्रविधि शाखा, सिंहदरबार, काठमाडौँबाट तथ्याङ्क र विवरणको स्थानान्तरण पश्चात नयाँ वेबसाइटको मुख्य पृष्ठमा रहेको "नगरपालिकाको पुरानो website" खण्डबाट समेत हेर्न सकिने व्यहोरा अनुरोध छ।