भूमिहिन दलित र भुमिहीन सुकुम्बासीलाई जग्गा दर्ता गर्न जाने बारेको सूचना।

मिति: २०८३/०८/०७

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा दर्ता गर्न जाने बारेको सुचना .

जिल्ला भूमि समस्या समाधान समिति चितवनको मिति २०८३/०८/०७ गते प्रकाशित सूचना अनुसार संलग्न बमोजिमका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने भएकोले तपसिल अनुसारको कागजात सहित ७ दिन भित्र जग्गा दर्ता गर्नका लागि परिवारमूली र निजको पति वा पत्नी जिल्ला भूमि समस्या समाधान समितिको कार्यालयमा उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ .

तपसिल :

1) परिवारमूली र निजको पति वा पत्नीको सक्कल नागरिकता

२) निवेदन दर्ता तथा नक्साको निस्सा

३) परिवारमूली र निजको पति/पत्नीको २/२ प्रति पासपोर्ट साइजको हालसालै खिचेको फोटो


सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 भूमिहिन दलित र भुमिहीन सुकुम्बासीलाई जग्गा दर्ता गर्न जाने बारेको सूचना। ७ मंसिर, २०८३ PDF