कालिका नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय
रेडक्रसग्राम, चितवन, बागमती प्रदेश, नेपाल
मिति: २०८३/०८/१०
सार्वजनिक सूचना
विषय: हिउँदे घाँसको बीउ खरिद प्रक्रिया रद्द गरिएको सम्बन्धमा ।
यस कार्यालयको बार्षिक स्वीकृत कार्यक्रम अनुसार हिउँदे घाँसको बीउ खरिद गर्नका लागि मिति २०८३/०५/३१ गते पहिलो पटक र मिति २०८३/०६/२३ गते दोस्रो पटक सूचना प्रकाशन गरिएकोमा प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गर्दा कबोल अङ्क यस कार्यालयको स्वीकृत लागत अनुमान रु. ८,००,०००।- (अक्षरेपि आठ लाख रुपैयाँ मात्र) भन्दा बढी देखिएको र पुनः खरिद प्रक्रियामा जाँदा उक्त घाँसको बीउ लगाउने उपयुक्त समय गुज्रिसक्ने भएकोले मूल्याङ्कन समितिको मिति २०८३/०८/०२ को सिफारिस तथा यस कार्यालयको मिति २०८३/०८/०३ को निर्णय अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम उक्त हिउँदे घाँसको बीउ खरिद प्रक्रिया रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।