समृद्ध कालिका

सुखी कालिकावासी

header AD

उपकरणहरुको दररेट पेश गर्ने सम्बन्धमा।

उपकरणहरुको दररेट पेश गर्ने सम्बन्धमा ।

(सूचना प्रकाशन मिति: २०८३/०८/१०)

यस कालिका नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशु उपचार तथा प्रयोगशाला सञ्चालनका लागि आवश्यक उपकरणहरुको लागत अनुमान तयार गर्नको लागि बजार दररेट आवश्यक भएकोले इजाजत प्राप्त दर्तावाल आपूर्तिकर्ताहरूबाट देहायबमोजिमको प्राविधिक स्पेसिफिकेशन (Specification) अनुसार पत्रको मितिले ०७ (सात) दिन (मिति २०८३/०८/१६ गते) कार्यालय समय भित्र यसै साथ सम्लग्न रहेको BOQ फर्मेटमा दररेट पेश गर्न यो सूचना प्रकाशन गरिएको छ ।

यस सम्बन्धी आवश्यक BOQ तथा अन्य थप जानकारीका लागि कालिका नगरपालिकाको Website: kalikamunchitwan.gov.np अथवा पशु सेवा शाखामा सम्पर्क राख्नुहुन जानकारी गरिन्छ ।

पेस गर्नुपर्ने आवश्यक कागजातहरू

  • फर्म/कम्पनी दर्ता /नवीकरण प्रमाणपत्रको प्रतिलिपि
  • स्थायी लेखा नम्बर (PAN/VAT) दर्ता प्रमाणपत्र प्रतिलिपि
  • आ.व.२०८२/०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि वा म्याद थपको प्रमाण