FAQs Complain Problems

कालिका नगरपालिकाकाे कार्यालय

Read More

कालिका भगवती मन्दिर

Read More

वडा नं. दश र एघार बाट देखिने प्राकृतिक दृश्य

Read More

"भगेरी थान" कालिका-०९

Read More

संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश स्थित चितवनको पूर्वि उत्तर भागमा अवस्थित यस नगरपालिका साविकका चार गा.बि.स.हरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी मिलाइ बनाइएको हो । यस नगरपालिकालाई ११ वटा वडाहरुमा विभाजन गरिएकोछ । २०६८ सालको जनगणना अनुसार साविक चारवटा गा.वि.स.को जनसंख्यालाई जोड्दा कूल ४२,२९३ रहेकोमा मध्ये महिला २२,२७५ र पुरुष २०,२१८ रहेको छ । २०६८ सालको जनगणना अनुसार कुल घरधुरी संख्या ९,११८ रहेको यस नगरपालिकाको हालको क्षेत्रफल १४९.०८ वर्ग कि.मि.रहेको छ , जसको कार्यालय रेडक्रसग्राममा रहने भए तापनि हाल अस्थायी रुपमा का.न.पा.६ कमलचोकमा अवस्थित छ। हाल २०७६ असार महिना सम्म गरिएको घरधुरी सर्भेक्षणले यस नगरपालिकाको कुल जनसंख्या ५४,०९२ (महिला २६५८० र पुरुष २७५१२) रहेको देखाउदछ भने घरधुरी संख्या ११,१२० रहेको देखिन आउदछ । भौगोलिक हिसाबले समथरिलो तथा केही भुभाग पहाडी क्षेत्र रहेको यस नगरपालिका सडक यातायातको पहुँचबाट नजिक रहेको छ भने तल्लो भूभाग (समथर) को हरेक टोल टोलमा बाह्रै महिना चल्न सक्ने सडक पुगेको छ भने कालोपत्रे भएका सडक पनि झण्डै ३० प्रतिशतको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ । खाद्यान्न वालीको उत्पादनमा खास गरी धान, मकै, र गहुँ तथा तेलहनमा तोरी र दलहनमा मसुरो उत्पादनको लागि उर्वर मानिने यो नगरपालिका हालका दिनहरुमा यहाँका किसानहरु केरा खेती, तरकारी खेती तथा पशुपालन तर्फ पनि आकर्षित भएको देखिन्छ । पशुपालन ब्यबसायका दृष्टिले गाइपालन व्यवसायीक रुपमा नै अघि बढेको छ भने अन्य पशुपालनको पनि त्यत्तिकै सम्भावना रहेको देखिन्छ । त्यस्तै गरी नगदेवाली तर्फ मौसम अनुसार तराइ क्षेत्रमा हुने सबै प्रकारका तरकारी खेति हुने हुँदा त्यसको व्यवसायीक उत्पादन हुने गरेको छ । राजनैतिक हिसाबले जिल्लाका निर्वाचन क्षेत्र मध्ये यस नगरपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र नं. २ अन्तरगत पर्दछन । कालिका नगरपालिका (आक्षाशं - २७.१ डिग्री देखी २७.१५ डिग्री उत्तर) र ( देशान्तर - ८३.१ डिग्री ८३.४१ डिग्री पूर्व) भाैगाेलिक स्थितिमा अवस्थि छ । चितवन जिल्लाको पूर्वी उत्तरी भागमा पर्ने कालिका नगरपालिका भौगोलिक हिसावले पहाड र तराइ दुवै भूभागलाई समेटेको नगरपालिकाको रुपमा रहेको छ । स्थानीय तह पुर्नसंरचना गर्ने क्रममा २०७३ सालमा गठन भएपश्चात यस नगरपालिकाले विकासमा नया र प्रभावकारी फडको मारेको आवास हुँदै आएको छ । साविकका शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी गा.वि.स.को सम्पूर्ण भूभागलाई समेटेको यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ । पहाडी भूभाग वडा नं. १० र ११ मा आदीबासी चेपाङ समुदायको बसोवास रहेको यस नगरपालिकाको अन्य समथरिलो भुभागमा हालका दिनहरुमा शहरीकरण तर्फ उन्मुख हुन थालेको आभास देखिन्छ । भौगोलिक सीमाना पूर्व- खैरहेनी नपा, पश्चिम -भरतपुर महानगरपालिकाको वडा न ११ मा रहेको जनजागृति सामुदायिक वन क्षेत्र, उत्तर- इच्छाकामना गाऊपालिका एवंम धादिंगको बेनिघाट रोराङ गाउँपालिका, दक्षिण - रत्ननगर नगरपालिका रहेको छ।

Pages

सुचना तथा समाचार

श्री सामुदायिक तथा संस्थागत बिद्यालयहरु , राष्ट्रपति तथा मेयर रनिङ शिल्ड प्रतियाेगिताकाे मिति परिवर्तन सम्बन्धमा
मौरी पालक कृषकका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाई चितवनकाे अत्यन्त जरुरी सुचना
बैकल्पिक उम्मेदवारले सम्पर्क गर्न आउने बारेको सूचना
श्री सामुदायिक तथा संस्थागत बिद्यालयहरु , राष्ट्रपति तथा मेयर रनिङ शिल्डमा सहभागि गराउने सम्बन्धमा
कृषि विकास निर्देशनालयको प्रस्ताव आव्हानको सूचना
कालिका न. पा. सबै बिद्यालएहरुको सम्पर्क
बिद्यालय अनुमति कक्षा थप बारेकाे सुचना
वाटाे कालाेपत्रे गर्ने सम्बन्धि वाेलपत्र सुचना
वाटाे कालाेपत्रे र ईस्तरउन्त्ति गर्ने सम्बन्धि वाेलपत्र सुचना
वडा कार्यालय निर्माण सम्बन्धि वाेलपत्र सुचना
प्रगति विवरण पेश गर्ने सम्बन्धमा

Pages

जन प्रतिनिधि र पदाधिकारी